राम्रो दृष्टि/ २८ सेप्टेम्बर, कुवेत। हिजो NRNA कुवेतको नेतृत्वमा कुवेतका विभिन्न सक्रीया संस्थाहरु र नेपाली दूतावासबिच दूतावासकै सभागृहमा गम्भीर छलफल भएको छ। छलफलमा न्युनतम तलबमा कुवेतमा काम गरिरहेका नेपालीहरु कोरोनाका कारण लामो समयसम्म स्वदेशमै रोकिएको र उनिहरुलाइ पुन: रोजगारिमा फर्किन महङ्गो टिकटदर घटाउने, कुवेतमा पछिल्लो समय बढिरहेको लागू औषध ओसारपसार तथा मदिरा उतपादनमा संलग्न नेपालीहरुको संख्यालाइ न्यूनीकरण गर्ने, कुवेतमा नेपाली श्रमिकहरुको चापलाइ ध्यानमा राख्दै कुवेत एयरवेज वा अन्य कुनै पनि एयरवेजद्वारा सिधा उडानको लागि पहल गर्ने, कुवेतबाट अनलाइन श्रम स्वीकृति गराउने, लगाएत विभिन्न विसयमा गम्भीर छलफल भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतको नेतृत्वमा भएको छलफल कार्यक्रममा सरोकार समाज कुवैत, कल्याणकारी युबा समाज कुवैत, किरात याक्थुङ कुवैत, लुम्बिनी समाज कुवैत, बिस्वकर्मा एकता समाज कुवैत, ट्याक्सी व्यवासायी संघ कुवैत, मोना कुवैत, झापाली समाज कुवैत, जनसम्पर्क समिती कुवैत, प्रवासि नेपाली मन्च कुवैत, जनप्रगतीशिल मन्च, प्रवासी नेपाली एकता मन्च कुवेत, साथै राम बस्नेत, कुमार झापाली लगाएत अन्य विभिन्न सामाजिक आभियान्ताहरुको उपस्थिति रहेको थियो। छलफलको क्रममा राजदूत दुर्गाप्रसाद भन्डारिले नेपालबाट आउने टिकटकदर अत्यन्तै महङ्गो भएको र त्यसलाइ घटाउन सम्बन्धित एयरलाइन्स कमपनिहरुसंग पहल गरि केही हदसम्म घटाउन सफल भएको बताउनुभएको छ। अहिले जुन टिकट भाडादर छ त्यो पनि सामन्य न्युनतम तलवमा काम गर्ने हामी नेपालीहरुको हकमा बढी भएको र त्यसलाइ अझै कम गराउन नेपाली दूतावासको तर्फबाट पहल हुने बताउनुभएको छ। ३५० दिनार भन्दा बढी रहेको टिकटदर घटाएर ३ सयको हाराहारीमा बनाएको र त्यसलाइ पनि घटाएर २ सय देखि २२० सम्म बनाउने प्राथामिकताका साथ पहल गर्ने वहाँले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।
साथै कुवेतबाट जजिरा एयरवेज जस्तै अन्य एयरवेजबाट पनि सिधा उडान गराउन पहल भैरहेको र बिचमा विभिन्न किसिमका प्राविधिक समस्याहरु भएकोले उडान सुरु हुन नसकेको तर नेपाली दूतावास यश बारेमा निरन्तर फलोअपमा रहेको बताउनुभयो।
अनलाइन श्रम स्वीकृति सुरु भयो भनेर समाचारमा पढिरहँदा कुवेतवासी नेपाली श्रमिकहरुको लागि भने समाचारमा मात्रै सिमित भएको छ। कोरोना भाइरसका कारण नेपाल जान नसकेर श्रम नविकरण नहुँदा वैदेशिक रोजगार विभागबाट भैपरी आउँदा पाउने सेवा सुविधामा समेत कटौती हुने स्थितिमा छ। यसबारे दूतावास किन मौन? भन्ने प्रश्नमा महामहिम ज्युले यश बारे गम्भिरतापुर्वक लागि रहेको र निकट भविश्यमा नै कुवेतबाट अन्लाइन श्रम स्वीकृति लिन सकिने ब्यबस्था लागु हुने बताउनु भयो। वहाँले श्रमिक संग सम्बन्धित बिसयमा राजदूतावास कदापी मौन नबस्ने बताउनुभएको छ।
साथै पछिल्लो समयमा बढेको नेपालीहरुको अवैधानिक हैसियतका नेपाली कामदारहरुलाइ सचेत रहन आग्राह गर्नुभएको छ। अहिले कुवेत सरकारद्वारा अवैधानिक कामदारको संख्या कम गर्न कुवेत पुलिसलाइ खटाएको र कुवेत पुलिसद्वारा कुवेतको विभिन्न एरिया ब्ल्क गरेर धरकपड गरिरहेकोले यसरी अफ्ठ्यारोमा नपर्न र विभिन्न संघ संस्था, मिडिया र सामाजिक अभियान्तहरुले पनि अवैधानिक नबन्न सामाजिक सञ्जाल तथा संचारका विभिन्न माध्यमबाट सचेत गराउन आग्राह गर्नुभएको छ।
त्यसैगरी, टाढा टाढाबाट दूतावासबाट सेवा लिने सेवाग्राहीहरुले दूतावासको कुनै अपोइन्टमेन्ट सिस्टम नभएकोले त्यस्ता सेवाग्राहीहरुले नेपाली दूतावास कुवेतको फेसबुक पेजमा म्यासेज गरेर, हटलाइनमा सम्पर्क गरेर वा इमेल मार्फत पुर्ण जानकारी लिएर दूतावास आउँदा सहज तरिकाले एकै पटकमा काम बन्ने पनि बताउनु भएको छ।