17.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठNRNA/NCC कुवेतको छैटौँ ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा सुजन केसि

NRNA/NCC कुवेतको छैटौँ ऐतिहासिक अधिवेशन सम्पन्न, अध्यक्षमा सुजन केसि

- Advertisement -

आर डि क्रीएशन/३ अगस्ट, कुवेत। दोस्रो सरकारको रुपमा चिनिने छाता संगठन NRNA/NCC कुवेतको छैटौं ऐतिहासिक अधिवेशन हिजो सम्पन्न भएको छ। अधिवेशन कुवेत सिटिस्थित INN&GO होटलमा निवर्तमान अध्यक्ष सुमित्रदेवी पौडेलको सभापतित्व तथा नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यमा सम्पन्न भएको । बिशिस्ट अतिथिहरुमा ओमनबाट केन्द्रिय सचिव डिबि क्षेत्री, कतारबाट मध्यपुर्व संयोजक आर के शर्मा र साउदिबाट काउन्सिलिङ सदस्य राजु सयद थिए।

संधैको जस्तो यसपाली एन आर एन एको अधिवेशनको उत्तेजित चहलपहल देखिएन। सबैको चहाना कुवेतको नेपाली श्रमिकहरुको न्याय र सुरक्षा हुनुपर्छ, त्यसको लागि एन आर एन एले अत्यन्तै ठूलो चुनौतिका रुपमा काम गर्न सक्नुपर्छ, र त्यसका लागि हरेक कोणबाट विग्य र सक्षम नेतृत्व पाउनुपर्छ भन्ने नै रहेकोले पनि आशालाग्दा टिम बनिरहेकोले बढी चहलपहल नभएको जनमानसको टिप्पणी छ।

- Advertisement -

एन आर एन एका निवर्तमान महासचिव हरि लावतिले सहजीकरण गरेको कार्यक्रममा एन आर एन ए कुवेतका संस्थापक अध्यक्ष तथा निवर्तमान संरक्षक राजेन्द्र तामाङले उपस्थित अतिथिगाणलाइ स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए। कार्यक्रममा साहित्य लेखक तथा सामाजिक विष्लेशक तोयानाथ दाहाल, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण न्यौपाने, नेकपा तत्कालिन एमाले प्रवाश संगठनका अध्यक्ष राजु थापा, नेपाली कांग्रेसका उपसभापति माधाव शर्मा, समाजवादी पार्टि प्रवास संगठनका अध्यक्ष निर्मल स्याङ्तान, आइ सि सि सदस्य अमित चाम्लिङ, विशिस्ट अतिथी एन आर एन ए का काउन्सिलिङ सदस्य राजु सयद, मध्यपुर्व उपसंयोजक आर के शर्मा, केन्द्रिय सचिव डिबि क्षेत्री र नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिले शुभकामना मन्तब्य राख्नुभएको थियो।

दिउँसो १२ बजेबाट सुरु भनिएको कार्यक्रम विविध कारण बताउँदै आयोजकले झन्डै दिउँसो दुई बजे मात्र सुरु गरेका थिए। कार्यक्रममा बोल्दै केन्द्रिय सचिव डिबि क्षेत्रीले एन आर एन ए लाई छाता संगठन भनेर मात्रै नबुझ्न आग्राह गरे। उनले एन आर एन ए ले मध्यपुर्वमा हुने गरेका थुप्रै समस्याहरुको हल खोज्न र वैदेशिक रोजगारिबाट फर्केपछि नेपाली विदेशमा सिकेको सिपको प्रयोग र आय स्रोतहरु बनाउन आफ्नो छुट्टै मुद्दा रहेको बताए।

कार्यक्रमलाई उद्घाटन सत्र र निर्वाचन सत्र गरि दुई भागमा विभाजन गरिएको थियो। उद्घाटन सत्रको कार्यक्रमलाई सभाध्यक्ष सुमित्रदेवि पौडेलले समापन गरे पश्चात शिव कोइरालाको संयोजकत्वमा बनेको ५ सदस्यीय निर्वाचन सत्रको कार्यक्रमद्वारा गणेश रावतले निर्वाचित सदस्य तथा पदाधिकारिहरुको नाम घोषणा गरेका थिए। निर्वाचित सबैलाइ मध्यपुर्व संयोजक आर के शर्माले निर्वाचित प्रमाणपत्र बितरण गर्दै खदाले स्वागत गरेका थिए। घोषणा गरिसकेपश्चात निर्वाचित सबैलाइ शर्माले सपथ ग्रहण गराएक थिए।

- Advertisement -

निर्वाचित कार्यसमिका सदस्य तथा पदाधिकारीहरुको नामावली,

आइसीसी सदस्यः अमित राई
अध्यक्षः सुजन केसि
प्रथम उपाध्यक्षः हरि लावती
महिला उपाध्यक्षः अमृता बान्तवा
उपाध्यक्षः होम नाथ गिरी,राणा ध्वज लामा
महासचिवः मान बहादुर तामाङ(दिल कुमार पाख्रिन)
सचिवः जिबन कुमार बिक, माधव शाही
कोषाध्यक्षः हर्क बहादुर मोक्तान
सह कोषाध्यक्षः पुर्ण प्रसाद श्रेष्ठ
युवा संयोजकः नबराज पराजुली
महिला संयोजकः रमिता योञ्जन
महिला सह संयोजकः माया राई

- Advertisement -

सदस्यहरु:-
उमेश पुडासैनी
बम बहादुर बिष्ट
दामोदर बटाला
देबी बहादुर सुनुवार
प्रकाश राई
माधव पौडेल
गीता गुरुङ
प्रदिप कार्की
मनोज ढकाल
दल बहादुर बस्नेत
सोनाम लामा
जिबन सुनार
अनुशा राई
ध्रुब कुमार कार्की
प्रेम प्रसाद गुरुङ
मोहन कुमार पौड्याल
गोविन्द न्यौपाने

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments