Tuesday, January 13, 2026
spot_img
Homeगृहपृष्ठआदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन आगामी ३० मा

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन आगामी ३० मा

आर डि क्रीएशन/ ०४ नोभेम्बर, कुवेत। आदिवासी जनजाती महासंघ कुवेतले आफ्नो तेस्रो अधिवेशन आगामी ३० नोभेम्बरका दिन फर्वानिया स्थित आइडियल अडिटोरियम हलमा मनाउने तयारी गरेको छ। कुवेतमा गठित आठ जातिय संस्थाहरुद्वारा आ आफ्नो भेषभुषा सहितको सांस्कृतिक झाँकिहरुको प्रस्तुति संगै महासंघले तेस्रो अधिवेशन गर्ने तयारिमा रहेको महासंघका महासचिव अमृत तामाङले आर डि क्रीएशनलाइ जानकारी गराएका छन।

उक्त कार्यक्रम सम्पन्न गराउन बलबहादुर काम्बाङ्को नेतृत्वमा सात सदस्यीय उपसमिती समेत गठ गरिएको छ।

२०१४ मा अमीत राइको संयोजकत्वमा गठन भएको महासंघ कुवेतले पहिलो राजेन्द्र तामाङ र दोस्रो रमेश किरातिको नेतृत्वमा दुई कार्तकाल पूरा गरेको छ। नेपालमा आदिवासी जनजाती महासंघले गरेका हरेक सकारात्मक क्रीयाकलापलाइ आर्थिक र नैतिक रुपमा सहयोग समर्थन गर्दै कुवेतका सबै संघ संस्थाहरु संग हातेमालो गर्दै महासंघले विभिन्न खाले मानविय, दैवि प्रकोप र बिपत्तिमा परेको नेपालिहरुलाइ सहयोग गर्दै आइरहेको छ। त्यत्ती मात्रै होइन, राज्यद्वारा आदिवासी जनजाती माथी गरेको अन्यायपूर्ण दमन, शोषण र अत्याचारको विरुद्धमा आदिवासी अभियान्तहरुले गरेको आदिवासी आन्दोलनमा सशक्त रुपमा सहभागिता जनाउँदै त्यस्ता विभिन्न खाले दमन शोषणको विरुद्ध खबरदारी गर्दै आएको छ।

महासंघ कुवेतले केन्द्रिय स्तरबाट समन्वय गर्दै कुवेतमा नै क्रीयाशिल संघ संस्था, बुद्धिजीवी, मिडियाहरु र कुवेतमा क्रीयाशिल नेपाली दाजुभाइहरुको उपस्थितिमा उक्त कार्यक्रम गर्नेछ।

“विश्वका आदिवासी जनजाती एक होऔँ! भाषा, धर्म, लिपि, भेषभुषा, कला र संस्कृतिको संवर्द्धन गरौँ।” भन्ने मुल मन्त्रलाइ आत्मासाथ गर्दै गर्न लागिएको सो कार्यक्रममा कुवेतमा रहेका सबै श्रमजिवी मिडियाहरु, संघ संस्थाहरु, अग्रज, बुद्धिजीवी तथा नेपालीजनहरुलाइ उक्त कार्यक्रममा उपस्थित भैइ कार्यक्रमलाई सभ्य र भव्य बनाउन महासंघले हार्दिक अनुरोध गरेका छन।

कार्यक्रम सम्वन्धी थप जानकारी;
कार्यक्रम: तेस्रो ऐतिहासिक अधिवेशन
मिति: नोवेम्बर ३० तारिक २०१८ शुक्रबार
समय: बिहान् ठिक ११ बजे देखी
स्थान: फर्वानिय आइडियल अडिटोरियम हल

आयोजक: आदिवासी जनजाति महासंघ कुवेत

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments