Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठकुवेतमा दुई हप्तादेखी मोरङकी द्रौपती चौधरीको शव अलपत्र, नेपाल सरकार गैरजिम्मेवार

कुवेतमा दुई हप्तादेखी मोरङकी द्रौपती चौधरीको शव अलपत्र, नेपाल सरकार गैरजिम्मेवार

राम्रो दृष्टि/ १९ अगस्ट, कुवेत। कुवेतमा दुई हप्तादेखी अलपत्र परेको मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वार्ड न. ७ (डङ्ग्राहा टोल) बस्ने द्रोपती चौधरीको शव पठाउन गैरआवसीय नेपाली संघ (NRNA) कुवेतले आर्थिक संकलन अभिया सुरु गरेको छ। ४ बर्ष पहिले भारतको बाटो हुँदै लुकिछिपी घरेलु कामदारको रुपमा कुवेत आइपुगेकी द्रौपती दुई हप्ता पहिले झुन्डिएर आत्माहत्या गरेको थिइन।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नेपालबाट श्रम नगरी विदेश गएर विदेशमै मृत्यु भएको खन्डमा मृतकको शव तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डबाट पाउने कुनै पनि सेवा सुविधा नदिने हुँदा अवैध रुपमा भारत तथा तेस्रो मुलुक हुँदै लुकिछिपी विदेश गएर उतै मृत्यु भएका शवहरु अलपत्र पर्ने गरेका छन। कुवेत तथा खाडी मुलुकमा घरेलु कामदारहरुको राम्रो व्यवस्थापन हुन नसक्दा शारीरिक, मानसिक तथा पारिश्रमिक शोषण भएको भन्दै २०१५ देखि नेपाल सरकारले नेपालबाट खाडी मुलुकका लागि घरेलु कामदार बन्द गरेको छ। नेपाल सरकारले २०१५ पछि घरेलु कामदारको हकमा श्रम नदिए पछि उनिहरु रोजगारिका लागि बाध्य भएर तेस्रो मुलुक हुँदै लुकि छिपी कुवेत आउने गरेका छन।

गैरआवसीय नेपाली संघ कुवेतले नेपाली दूतावास संग यश बिसयमा शव पठाउन नेपाल सरकारको जिम्मेवारी हो भनी जिकिर गर्दा नेपाली दूतावासले नेपाल सरकारद्वारा सेवा सुविधा लिनु पर्ने भए पछि सरकारले तोकेको मापदण्ड पूरा गरेको हुनुपर्ने बताउँदै जिम्मेवारीबाट पन्छिरहेका छन। दूतावास स्रोतले यश बिसयको छुट्टै विधान भएको र त्यस्ता शव पठाउन मन्त्री स्तरिय बैठक बसि निर्णय गरेर विधान संशोधन गरे पछि मात्र सम्भव हुने बताउँदै आएका छन। तर NRNA ले भने कुनै पनि नेपाली नागरिक वैधानिक वा अवैधानिक बाटोबाट आए पनि रेमिट्यान्स नेपालमै पठाउने हुँदा अप्रत्यक्ष रुपमा देशप्रती आफ्नो जिम्मेवारी पूरा गरेको र उनी नेपाली हुन भन्ने प्रमाणित भैसकेपछी त्यो जिम्मेवारी नेपाल सरकारकै हुनुपर्ने माग राख्दै आएका छन।

यसभन्दा पहिले पनि कुवेतका विभिन्न संघ संस्था र NRNA को सहकार्यमा धेरै त्यस्ता अलपत्र परेका शवहरु आर्थिक संकलन गरेर पठाएका छन। नेपाली दूतावासमा यश बिसयमा धेरै लामो समयदेखी छलफलको रुपमा यश बिसय उठान भए पनि श्रमिकको न्यायको पक्षमा निर्णय हुन सकेको छैन। केही दिन पहिले NRNA र नेपालि दूतावास कुवेतबिच परिचयत्मक कार्यक्रममा समेत यश बिसय उठान भएको थियो। नेपाली दूतावासले यश बिसयमा नेपाल सरकार जिम्मेवार नभएको बताएपछी यस्ता शव नेपाल पठाउन अन्य बिकल्प के छ त भन्ने प्रश्नमा दूतावास स्रोतले स्पोन्सर वा उनलाइ कुवेत ल्याउने म्यानपावर अफिस त्यो पत्त नलागे घर परिवारले बेहोर्नुपर्ने घर परिवारले नसक्ने भएको खन्डमा अन्य कुनै दाता खोज्ने दाताहरु पनि नपाएमा घरपरिवारबाट अनुमती लिएर यतै सदगद गर्नुपर्ने बताएका थिए।

द्रौपतिको पनि लामो समय सम्म उनको स्पोन्सर, उनलाइ कुवेत ल्याउने म्यानपावर अफिस पहिचान गर्ने प्रयास गर्दा पनि असफल भएको र घर परिवारमा संपर्क गर्दा घर परिवारले पनि सो रकम जुटाउन नसकेको कारण NRNA ले यो अभियान चालेको NRNA कुवेतका अध्यक्ष रणध्वोज लामाले राम्रो दृष्टिलाइ बताएका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments