10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठतमु प्ये ल्हु संघ कुवेतद्वारा तमु फो ल्हो-ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न

तमु प्ये ल्हु संघ कुवेतद्वारा तमु फो ल्हो-ल्होसार कार्यक्रम भब्यताका साथ सम्पन्न

१२ जनवरी, कुवेत । कुवेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्ये ल्हु संघ कुवेतले आफ्नो महान पर्व तमु ल्होसार, बिशेष शुभ कामना आदान प्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रमका साथ भब्यताका साथ सम्पन्न गरेको छ।

- Al Muzaini Exchange Kuwait-

“प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ दर्शकहरुले खचाखच भरिएको कुबेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा अध्यक्ष उमा तमुस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार नरजित तमु प्रमुख रहेका थिए। बिशिष्ट अतिथिहरुमा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, नेपाल पत्रकार महासँघ, कुवेतको तर्फबाट सबै पत्रकारहरुको प्रतिनिधि, गर्दै जय बहादुर आले मगर, रहेको थियो। सो सम्पन्न कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, व्यवसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतवासि नेपालीहरुको उपस्थिती रहेको थियो |

कार्यक्रमलाई सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको बिधीवत रुपमा उद्घाटन गरिएको थियो।नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पश्चात कार्यक्रमलाई मुर्त रुप दिँदै संस्थाका सल्लाहकार लिल तमुले स्वागत मन्तव्य द्वारा उपस्थित अतिथिगणलाई स्वागत गरेका थिए। कार्यक्रमलाई संघको सल्लाहकार डम्बर तमु,लील तमु,र अमन तमुले संयुक्तरुपमा सञ्चालन गरेका थिए। सो कार्यक्रमलाई भब्यरुपमा सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको थियो।

तमु ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रममा गैर आवसीय नेपाली संघ कुवेतको महासचिब हरी लवाती, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, तमु समाज कुबेतको अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवैतका अध्यक्ष सुरेश ग्यबा तामाङ, किरात राई यायोक्खा,शखा कुबेतका अध्यक्ष मन्जित राई, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङ, पत्रकारहरु को प्रतिनिधि, गदै जय बादुर आले मगर, लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए । संस्थाको सल्लाहकार छ्योमान तमु,र सल्लाहकार लिल तमु ले ल्होसार बारे प्रष्ट पारेका थिए।

तमु समुदायको सस्कार अनुसार पच्यु गुरु बाट ईन्द्र पच्यु तमु कुल तमु र देव तमु ले पूजा पाठ गर्दै संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै (‘खि ल्हाे’ कुकुर बर्गको बिदाई गरी ‘फो ल्हो’ मृग बर्गको स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गरेका थिए। आउने फो ल्हो भएका ब्यक्तिहरुलाई रिपा लगाई यस वर्ष वहाँहरुको वर्गले ल्याउने सबै नराम्रो ग्रह शान्तिको कामना गरि स्याइ स्याइ गरेका थिए।

- BARAHA GOLD CUP 2081 -

तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि सचिन तमु,अमन तमु,सिमा तमुसयो,माया तमुस्यो,सिता तमुस्यो,लगयत को तमु कलाकार भाई बहिनीहरु ले आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु प्येल्हु संघ,कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । त्यस्तै गरी कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाउन तमु समाज कुबेत को सबैजान कलाकर भाई बहिनीहरु ले आ आफ्नो प्रस्तुति गरे को थियो भने अरु अन्यकलाकार हरु ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै तमु प्येल्हु संघ,कुवेत ले स्थापना काल देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचर चनाको तरकारी, चिउरा खसी को मासु ले स्वागत गरिएको थिए भने मीठो परिकार को खाना ले सहभागि सबैको मन खुसी पारेको थियो । कार्यक्रमलाई भब्य सफाल पर्नको लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेत लाई माया को चिनो सरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। भने झरना तमुस्यो लाई पनि
दोसला ओढाई विशेष सम्मान गरिएको थियो।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा तमुस्यो ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए। अन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

साउदी अरेबियामा अर्को अमेरिकी वार्ता भन्दा पहिले युक्रेनमा घातक रुसी डेन हमला समाचार

रसियाले युकेरेनियन शहर Zaporizhahahia मा ड्रोन आक्रमण सुरु गरेपछि वार्तालापले तीन व्यक्तिलाई मारे।संयुक्त राज्य अमेरिकासँग रविया अरेबिनाबाट तीन वर्ष युद्ध रोक्न लगातार रुक्डामा...

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू