Skip to main content

Rd Creation

तमु प्ये ल्हु संघ, कुवेतले तमू “फो- ल्होसार” जनवरी ४ मा मनाउने

आर डि क्रीएशन/ १ नोवेम्बेर, कुवेत। तमु प्ये ल्हु संघ, कुवेतले सदाको वर्ष झैँ यसपाली पनि तमुहरुको महान पर्ब तमू ‘फो- ल्होसार‘ बिभिन्न सँस्कृतिक कार्यक्रमको साथ जनवरी ४ तारिक २०१९ शुक्रबार दिन कुबेत को फर्वानियास्थित आइडियल अडिटोरियम हलमा भब्य रुपले मनाउने भएको छ।

Advertisements

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक सेवामा निरन्तर आफ्नो हात फैल्यउँदै आइरहेको तमु प्येल्हु संघ, कुवेतले हरेक वर्ष तमु ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। कुवेतको नेपाली समाजमा पनि धेरै कार्यक्रमको रुपरेखा तयार भएको छ भने आफ्नो स्थापनाकाल देखी नै हरेक कार्यक्रम सफल कालउँदै आएको तमु प्ये ल्हु संघ, कुवेतले “तमु फो-ल्होसार” (मृग बर्ग) को ल्होसारलाइ भब्य र सब्य पार्नको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई संस्थाका कलाकारहरुको जोडदार प्रस्तुतीको साथ भरपुर मनोरञ्जन दिने छन। गत शुक्रबार कुवेत सिटीमा तमु प्ये ल्हु संघ, कुवेतको अध्यक्ष उमा गुरुङको अध्यक्षतामा बसेको बैठकले तमू ‘फो- ल्होसार’ जनवरी ४ तरिक मनाउने निर्णय गरेको हो ।

उक्त दिन कुवैतमा कृयाशिल सम्पूर्ण संघ-सस्था, सामजसेवी, बुद्दिजिबी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी, राजनीतिज्ञ, सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुना हार्दिक निमन्त्रणा गर्दै चुले निम्तो दिँदै अध्यक्ष उमा तमुस्योले हार्दिक बिनम्र अनुरोध गरेकि छन।

आयोजक : तमु प्ये ल्हु संघ, कुवेत
कार्यक्रम : तमु ‘फो-ल्होसार
स्थान : फर्वानिय आइडियल अडिटोरियम हल
मिति/समय : ४ जनावरी २०१९ शुक्रबार बिहान ठीक ११ बजे

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.