24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
Homeगृहपृष्ठनेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सलाई RD Creation

नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सलाई RD Creation

काठमाडौं । नेपाल–पाकिस्तान फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्टको उपाधि द क्यापिटल वारियर्सले जितेको छ ।  शनिबार प्रेस स्वतन्त्रता दिवसका दिन आयोजित उक्त टुर्नामेन्टमा सञ्चारकर्मी (द इन्टरटेनर्स) र कलाकार (द क्यापिटल वारियर्स)को सहभागिता रहेको थियो । 


प्रतियोगिताको उद्घाटन नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच.हाशमीले गरेका थिए । टी–२० फम्र्याटमा आयोजित उक्त प्रतियोगिताको टस द क्यापिटल वारियर्सले जित्दै पहिले ब्याटिङ रोजेको थियो । ब्याटिङ गर्ने क्रममा द क्यापिटल वारियर्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १९५ रन बनायो । 

73f03217-68a9-482f-9ee1-6d08320bc0ab-1746343127.jpg
द क्यापिटल वारियर्सका लागि दिपु कर्णले सर्वाधिक रन बनाए । १९६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको सञ्चारकर्मीको टोली (द इन्टरटेनर्स)ले सबै विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा द इन्टरटेनर्सका पुरुशोत्तम मलिकले सर्वाधिक ३ विकेट लिन सफल भएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:०५



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments