18.1 C
Kathmandu
Thursday, May 22, 2025
spot_img
Homeगृहपृष्ठशैक्षिक सामाग्री वितरण गर्दै प्रेम पुर्ण प्रताप फाउन्डेसन भोजपुरसम्म

शैक्षिक सामाग्री वितरण गर्दै प्रेम पुर्ण प्रताप फाउन्डेसन भोजपुरसम्म

- Advertisement -

राम्रो दृष्टि/ २९ मार्च। शिक्षालाइ बढो महत्वका साथ हेरिरहेको प्रेम पुर्ण प्रताप फाउन्डेसनको नजर भोजपुरमा पनि परेको छ। देशका विभिन्न दुर्गम गाउँ बस्तिसम्म शैक्षिक सामाग्रीहरु पुर्‍याएर शैक्षिक योगदान गरिरहेका प्रेम पुर्ण प्रताप फाउन्डेसनले आज एक बृहत् कार्यक्रमको आयोजना गर्दै भोजपुर नगरपालिका-१ भाम्राङ स्थित श्री सिंह देवि माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। अहिक्षक अविभावक संघका अध्यक्ष एवं भोजपुर नगरपालिका वडा नं एकका कार्यवाहक अध्यक्ष टेकबहादुर तामाङ्को सभापतित्व तथा जिल्ला समन्वय समितिका सदस्य टंकबहादुर तामाङको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। फाउन्डेसनको इन्चार्ज दोर्जे लामा विशेष अतिथिको रुपमा रहेको सम्पन्न सो कार्यक्रममा अथितिको रुपमा फाउन्डेसनका प्रतिनिधि ममता तामाङ, मिलन श्रेष्ठ र दिपा खड्का रहेका थिए।

विद्यालयका विद्यार्थीहरु, अविभावक तथा विभिन्न विशिष्ट व्यक्तित्वहरु गरि झन्डै तीन सय बढिको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयकै भाइबहिनीहरुद्वारा विभिन्न सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिहरु समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय प्रेमबहादुर तामाङ र पेमा तामाङ, महिला समुहकी अध्यक्ष फुलमाया भुजेल, महिला स्वयंसेविका सबिना भुजेल अविभावक बिर्खबहादुर तामाङ, बालकुमार पाख्रीन, प्रधानाध्यापक रामकुमार तामाङ लगाएत सम्पुर्ण शिक्षकहरु उपस्थित थिए।

- Advertisement -

विभिन्न साँस्कृतिक प्रस्तुतिहरु बिच आज होलि पर्वकै दिन प्रेम पुर्ण प्रताप फाउन्डेसनकि संस्थापक पद्मा प्रधानकी ठुली छोरिको जन्म दिनको अवसरमा स साना विद्यार्थीहरुलाइ १३५ थाप किताब बोक्ने झोला वितरण गरिएको हो। विश्वका विभिन्न देशहरु शैक्षिक रुपमा सबल भएर गइरहेको बेला नेपाल शैक्षिक रुपले धेरै पछि परिरहेको छ। जसले जति सकिन्छ त्यति आफ्नो तर्फबाट शैक्षिक योगदान गरौं भन्ने उदेश्यका साथ फाउन्डेसनले हरेक बर्ष देशभरिकै विभिन्न जिल्लामा शैक्षिक बिकासकालागी महत्त्वपूर्ण भुमिका खेलिरहेको छ। यसभन्दा पहिले दोलखा, सिन्धुपाल्चोक, धादिङ, धनकुटा लगाएतका जिल्लाहरुमा शैक्षिक सामाग्री हस्तान्तरण गरिसकेको छ।

फाउन्डेसनका इन्चार्ज दोर्जे तामाङले फाउन्डेसनको परिचयत्मक मन्तव्य राख्दै काठमाडौंबाट भोजपुरको यश विद्यालयसम्म फाउन्डेसनको शैक्षिक सामाग्रीहरु पुर्‍याउन सहयोग गर्नुहुने वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत सञ्चारकर्मि RD Creation अनलाइन डटकमका प्रधान सम्पादक एवं गैरआवसिय नेपाली संघ (NRNA) कुवेतका महासचिव दिलकुमार पाख्रीन र समन्वय गर्दै यो बृहत् कार्यक्रमको आयोजना गर्नुहुने प्रधानाध्यापक राम तामाङलाइ धन्यवाद व्यक्त गर्दै आगामी नया शैक्षिक सत्रमा यहि विद्यालयका तीन जना गरिव तथा जेहेन्दार छात्र छात्रालाइ छात्रवृत्ति समेत ब्यबस्था गर्ने घोषणा गरेका छन।

- Advertisement -

- Advertisement -

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttp://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments