Monday, April 13, 2026
spot_img
Homeगृहपृष्ठसवारी दुर्घटनामा परि कुवेतमा २ जना नेपालीको मृत्यु

सवारी दुर्घटनामा परि कुवेतमा २ जना नेपालीको मृत्यु

दिलकुमार पाख्रीन/०७ अगस्त, कुवेत। सवारी दुर्घटनामा परि कुवेतमा आज दुई जना नेपाली कामदारको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा कुवेतको प्रतिष्ठित कम्पनी केजिएल(KGL) मा कार्यरत काभ्रेका गोकर्ण घिमिरे तथा दाङका शेर बहादुर मल्ल रहेका छन् । उनीहरूको उक्त कम्पनिमा २०११ देखि सवारी चालकको रुपमा काम गर्दै आइरहेका थिए। बिहान करिब १० बजे काम सकेर कोठामा फर्किने क्रममा सडक दुर्घटनामा परि उनिहरुको मृत्यु भएको हो।

उक्त कम्पनीमा कार्यरत मृतकहरुका साथी मोहन पौडेलका अनुसार काम सकेर कुवेतको फाहाहिलबाट आफुहरु बस्ने ठाउँ फर्वानिया फर्किने क्रममा रोड नं-५१ मा मृतकहरु चढेको सवारि साधनको टायर पड्किएर ईमर्जेन्सी लेनमा सवारि साधन पार्क गरि बाहिर निस्कने क्रममा अर्को तर्फबाट आइरहेको ठूलो गाडीले उनिहरुलाइ घिस्याएर लगेको थियो। दुर्घटनामा काभ्रेका गोकर्ण घिमिरेको घटना स्थलमै र दाङका शेरबहादुर मल्लको फर्वानिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा सामान्य घाइते भएका भिमबहादुर तामाङलाइ अस्पताल पुर्याइएकोमा उनलाइ अस्पतालले डिस्चार्ज गरि सकेको छ भने दुर्घटनाका समयमा अर्को साइडबाट हामफालेका जंगिलाल चौधरी भने सकुशल रहेका छन।

घटनाको बारेमा नेपाली राज दूतावास कुवेतमा जानकारी आए पछी दूतावास प्रतिनिधि फर्वानिया अस्पताल पुगेर सम्पुर्ण जानकारी लिएको थियो।नेपाली दूतावास कुवेतकी द्वित्तीय सचिव जानकी ओझाले आर डि क्रीएशन संग भनिन, “मृतकहरुको शब पठाउने तथा दुर्घटना बिमा लगायत अन्य कानुनी प्रकृयाको लागि दूतावासले भोलि देखि नै काम शुरू गर्ने छ।”

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments