Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरका सिडियाेकाे सरुवा RD Creation

पाँचथरका सिडियाेकाे सरुवा RD Creation


काठमाडौँ ।हाल पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडियो) रहेका अरुण पोखरेलको सरुवा भई उनलाई बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा जिम्मेवारी दिइएको छ।

कात्तिक १७ गते  बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायमा कार्यरत २१ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार पोखरेलको पनि सरुवा सूचीमा नाम समावेश भएको हो।

पाँचथरमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदै पोखरेलले प्रशासनिक कार्य सञ्चालनसँगै जिल्लामा विभिन्न सामाजिक, शान्ति सुरक्षा र राहतसम्बन्धी काममा सक्रिय भूमिका निर्वाह गरेका थिए।

सरुवा सूची सार्वजनिक भएपछि अहिले पाँचथरमा नयाँ प्रमुख जिल्ला अधिकारी कसलाई तोकिने भन्ने विषयमा अझै टुंगो लागेको छैन।
स्रोतका अनुसार गृह मन्त्रालयले केही दिनभित्रै नयाँ प्रमुख जिल्ला अधिकारी तोक्ने तयारी गरिरहेको छ।

saruuu (1)


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments