Skip to main content

Rd Creation

मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश सुब्बा लिम्बु

काठमाडौं, साउन ११। मिस नेपाल २०२६ की प्रतियोगी कशिश सुब्बा लिम्बुले मिस नेपालको यात्रा आफ्नो जीवनकै सबैभन्दा सुन्दर, प्रेरणादायी र परिवर्तनकारी अनुभव बनेको बताएकी छन्। ग्रान्ड फिनाले नजिकिँदै गर्दा उनले यस यात्राले चुनौतीहरूको सामना गर्ने क्षमता, आत्मविश्वास र परिपक्व व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकी हुन्।

मिडियासँग कुराकानी गर्दै कशिशले मिस नेपालको मञ्चले आफूलाई चिन्ने र आफ्नै क्षमतामाथि विश्वास गर्ने अवसर प्रदान गरेको बताइन्।

“मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाइरहेको छ। म केही गर्न सक्छु भन्ने विश्वास यही यात्राले दिएको छ,” उनले भनिन्।

फेशन मोडल, फेशन स्टाइलिस्ट र फेशन डिजाइनर बन्ने लक्ष्य बोकेकी कशिशले मिस नेपालको अनुभव आफ्नो भविष्यका लागि महत्वपूर्ण आधार बनेको विश्वास व्यक्त गरिन्। उनका अनुसार प्रतियोगिताले व्यक्तित्व विकास, नेतृत्व क्षमता र जिम्मेवारीबोधलाई थप सुदृढ बनाएको छ।

ग्रान्ड फिनालेका लागि अब केही दिन मात्र बाँकी रहँदा उनी आत्मविश्वास, कृतज्ञता र दृढ संकल्पका साथ अन्तिम तयारीमा जुटिरहेकी छन्। उनले अहिलेसम्म साथ, समर्थन र मतदान गर्ने सबै शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र शुभेच्छा प्रदान गर्न आग्रह गरेकी छन्।

कशिशले फिनालेमा आफ्नो उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

मिस नेपाल २०२६ को ग्रान्ड फिनाले आगामी अगस्ट १ मा काठमाडौंमा आयोजना हुनेछ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.