Skip to main content

Rd Creation

३० सेप्टेम्बरमा प्रोमद र मेचु कुवेत आउने।

दिलकुमार पाख्रीन। १५ सेप्टेम्बर, कुवेत। ३० सेप्टेम्बरका दिन नेपालका अत्यन्तै ख्यातिप्राप्त गायक तथा नेपालमा अत्यन्तै रुचाइएका फ्रेन्चाइज शो THE VOICE OF NEPAL का कोच प्रमोद खरेल र THE VOICE OF NEPAL सिजन २ कि प्रतिस्पर्धी अत्यन्तै मिठो स्वरकी धनी मेचु धिमाल एउटा विशेष सांगितिक धमाकाका लागि कुवेत आउने भएको छ। नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा आयोजना गर्न लागेको दशैं विशेष सांगितिक धमाकाका लागि अतिथी कलाकारको रुपमा निम्तो पाएका कोच प्रमोद खरेल र गायिका मेचु धिमाल कुवेत आउन लागेको हो।

आगामी ३० सेप्टेम्बरका दिन बिहान ११ बजेबाटै सुरु हुने सांगितिक कार्यक्रममा स-शुल्क प्रवेश रहेको कुरा आयोजक संस्था नेपाल कुवेत सरोकार समाजका महासचिव दामोदर बटालेले RD Creation लाई जानकरि गराएका छन।

जिलिवको इन्डियन सेन्ट्राल स्कुलको हलमा हुने कार्यक्रममा कुवेतमा श्रम गरिरहनुभएका सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्थित हुनुभइ मनोरञ्जन लिनुहुन आयोजक संस्थाले अनुरोध गरेका छन। साथै उक्त दिन कार्यक्रम नजुधाइ दिनुहुन समेत अनुरोध गरेका छन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.