Skip to main content

Rd Creation

सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्न पहल गछौँ : महामन्त्री शर्मा

[ad_1]

काठमाडौं, वैशाख १४ 

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ ।

उक्त भेटमा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नभएको बताउनुभएको थियो । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानून सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि वेवास्ता गर्दै पछिल्लो पटक गैरआवासीय नेपाली नागरिताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टी जनाउँदै अध्यक्ष डा केसीले भन्नुभयो, ‘संविधानले नै दिएको अघिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन् ।’

अध्यक्ष डा केसीले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत अब बस्ने संसद बैठकमा उक्त अध्यादेश प्रतिस्थापन गरी नागरिकताको पूर्ण कार्यान्वयन हुने गरि प्रस्ताव अघि बढाउन आग्रह गर्नुभयो ।

जवाफमा सभापति खतिवडाले गैरआवासीय नेपालीहरू नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको  उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्नु आफ्नो तर्फबाट सदैव सहयोग गर्ने बताउनुभयो । सभापति खतिवडाले भन्नुभयो, “गैरआवासीय नेपालीहरूले मातृभूमिप्रति देखाएको समर्पण प्रशंसायोग्य छ, समितिको तर्फबाट गैरआवासीय नागरिकता सम्बन्धी सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कानुनी रूपमा सुनिश्चित गर्न आवश्यक पहल गर्छौँ ।”

भेटमा अध्यक्ष डा. केसीसहित उपाध्यक्षत्रय राज रेग्मी, रोजिना प्रधान राई, रोशन थापा, महिला सचिव राधिका (टीका) गुरुङ र संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो ।

[ad_2]

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.