Skip to main content

Rd Creation

गायक रमेशराज भट्टराई बहुला भएर मेलिना राइसंग कुवेत आइपुग्ने

आर डि क्रीएशन/ १५ जनवरी, कुवेत। गायक रमेशराज भट्टराई बहुलाएर मेलिना राइसंग कुवेत आउने भएका छन। चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-३” का लागि नेपालका अत्यन्तै चर्चित गायक रमेशराज भट्टराइ र अत्यन्तै भन्दा पनि अझ बढी चर्चित गायिका कुवेत आउने भएका हुन। चितवन सेवा समाज कुवेतले चितवन धमाकामा नेपालकी चर्चित लोक दोहोरी गायिका प्रीती आले र शिव बिकका साथमा समपन्न गरेपछी चितवन धमाका-२ नेपाल आइडल सिजन एकबाट अत्यन्तै चर्चा बटुलेका आवाजका धनी दर्शकहरुको अत्यन्तै माया पाएका गायक सागर आले र प्रकृति थलङका साथ सम्पन्न गरेको थियो।

यसपाली “बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गैइ” जस्ता दर्शकले अत्यन्तै रुचाएका गितका गायक रमेशराज भट्टराई र “गोजिमा दाम छैन” जस्ता मिलियन मिलियन दर्शक श्रोताहरुको मन जित्न सफल गितकी गायिका मेलिना राइको साथमा चितवन धमाका-३ तय गरेका छन।

केही दिन अघि हलको टुङ्गो लागि नसकेको जानकारी गराउँदै मेलिना राइ कुवेत आउने जानकारी सहित पुरुष गायक को हुन सक्छ? अनुमान गरेर मिलाएमा कार्यक्रम हेर्न ५ ओटा भि आइ पि पासको ब्यबस्था घोषणा गरेको चितवन सेवा समाज कुवेतले हलको टुङ्गो र पुरुष गायक दुवैको नाम आज सार्वजनिक गरेका छन। पुरुष गायक उनै रमेशराज भट्टराई हुन भने कार्यक्रम स्थल नटिङ्घम ब्रीटिश स्कुल ज्लिव रहेको जानकारी गराएका छन।

चितवन सेवा समाज कुवेतले पुरुष गायकको नाम अनुमान गरेर कति जनाले सहि जवाफ दिएर कति भि आइ पि पास प्राप्त गरे जनाकारी नदिए पनि केही दिनभित्र कार्यक्रम प्रवेशका लागि कुवेतमा सञ्चालित विभिन्न नेपाली रेस्टुरेन्टबाट टिकट उपलब्ध हुने बताएका छन। चितवन सेवा समाज कुवेतका अध्यक्ष नवीन लोप्चनले आज आर डि क्रीएशन संग कुरा गर्दै उक्त जानकारी गराएका हुन ।

गायक रमेशराज भट्टराईले “बेहुला बनाउँछु भन्थी बहुला बनाएर गैइ” “मैले सिंदुर लिएर पर्खेको थें, मलाइ राखी बाँधेर गैइ” “मैले तिमिलाइ चाहेर पनि तिम्रो साथ पाउन सकिनँ” “आफ्नो त कोहि छैन टेन्सन भयो यार” “उपहार तिमिलाइ म तरवार दिन्छु, सक्छौ भने काट, मर्न चहान्छु म तिम्रै हातबाट” “तिमिलाइ सम्झी रुने यो मन” जस्ता दर्जनौँ गितहरु दर्शक श्रोताहरुले अत्याधिक रुचाएका गीत गाइसकेका छन।

सायद मेलिना राइको बारेमा मैले भनिरहनु पर्दैन होला। दर्पण राइको शब्दको “तिम्ले बाटो फेरेउ अरे” “कसरी कसरी कसरी” “पिरिम नलाउने” जस्ता मिलियन मिलियन दर्शक श्रोताहरुले मन पराएका गित गाएकी छिन। त्यति मात्रै होइन उनले “गोजिमा दाम छैन तिम्रो गोजिमा दाम छैन” “हावा चल्यो सिरिरी आँतै जिरिरी” “बितेका कुरा” “कुटुमा कुटु सुपारी दाना” “कम्मर माथी पटुकी पटुकी माथि घैला” जस्ता करोडौं दर्शक श्रोताले मपराएका गीत गायकी छिन।

यतिका चर्चित गित गाउने कलाकार द्वय रमेशराज भट्टराई र मेलिना राइको कार्यक्रमको माहोल कस्तो बन्ला? हेर्नको लागि फेब्रुअरी २२ कुर्नै पर्ने भएको छ। कार्यक्रम सम्वन्धी थप जानकारी;

कार्यक्रम हुने
मिति: २२ फेब्रुअरी २०१९
स्थान: नटिङ्घम ब्रीटिश स्कुल जिलिव (सागर आले आकै हल)
समय: ठिक दिउँसो १२ बजे

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.