Skip to main content

Rd Creation

प्रवासी इलामेली सेवा समाज कुवेतको पहिलो अधिवेशन १४ जुनमा

आर डि क्रीएशन/ १२ फेब्रुअरी, कुवेत। इलामेली सेवा समाज कुवेतको पहिलो अधिवेशन तथा वार्षिकोत्सव आगामी जुन महिनाको १४ तारिक हुने भएको छ। “समृद्ध समाज निर्माण र बिकास अाजको अावश्यक्ता, प्रवासि इलामेलि सेवा समाजको विशेषता” भन्ने मुल नारा लिएर गत बर्ष ११मे मा स्थापना भएको प्रवासि इलामेलि सेवा समाज कुवेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन १४ तारिक २०१९ शुक्र्बार को दिन बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउन लागेको हो। गत ८ फेब्रुअरीको दिन फर्वानियास्थित पार्कमा बसेको समाजको बैठकले सो निर्णय पारित गरेको समाजका सल्लाहकार रोषन राइले जनाएको छ।

कुवेतमा मिडिया हाउस, राजनैतिक भात्री संगठन, साँस्कृतिक, धार्मीक, जातिय तथा क्षेत्रीय गरि झन्डै १०० संगठनहरु छन। त्यसमा पनि नयाँ थपिने क्रम रोकिएको छैन। संस्था गठन गरि विभिन्न पाटोबाट प्रवासमा रहेको नेपालिहरुलाइ एकताको शुत्रभित्र बाँध्न सक्नु ठूलो कुरा हो। तर कतिपय संस्थाहरु ब्याज भिरेर फ्रन्टलाइनमा हात बाँधेर बस्ने मात्रै भैरहेको पनि पाइन्छ। त्यसो त कुवेतमा सयौंको संख्यामा संघ संस्थाहरु सुचिकृत भए पनि सक्रीय रुपमा काम गर्ने बेला मुस्किलले १५/१८ ओटा भन्दा बढी पाइँदैन। यद्यपि इलामेलि सेवा समाज तिनै सयौं संस्थाहरुको भिँडको कान्छो संस्थाको रुपमा जन्म लिएको छ। तर कति काम गर्छ वा हात बाँधेर निश्क्रीय बस्छ त्यो हेर्न बाँकी छ।

समाजले कुवेतका स्थानिय कलाकारहरुको साथमा सांगितिक प्रस्तुतिहरु समेत जानकारी गराएका छन। एक थुकी सुकि सय थुकी नदि भने जस्तै इलामेली सेवा समाज कुवेतले कुवेतमा क्रीयाशिल सबै संघ संस्थाहरु संग हातेमालो सहकार्य गर्दै अघि बढ्ने बताउँदै उक्त दिन कुवेतमा रहेका कृयाशिल नेपाली संघ सस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं कुवेतवासी सम्पुर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई गरिमामय उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिन र उक्त दिन कार्यक्रम नजुधाइ दिन समेत आग्राह गरेका छन। अहिले सम्म हल टुङ्गो नलागेको कारण पुनः मिडियामार्फत नै स्थानको बारेमा सुसुचित गर्ने सल्लाहकार राइले बताएका छ्न।

कार्यक्रम सम्बन्धी थप जानकारी:
कार्यक्रम: वार्षिकोत्वस तथा अधिबेशन
समय: ११ बजेदेखि
मिति: १४जुन २०१९ शुक्रबार
स्थान : तय नभएको
आयोजक : प्रवासि इलामेलि सेवा समाज कुवेत

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.