Skip to main content

Rd Creation

रक्तदान सम्पन्न, ७५ नेपालीले दिए अमूल्य रगत

नेपाल पत्रकार महासंघ कुवेत शाखाको आयोजना र अलमुजैनी एक्सचेन्जको प्रायोजन भएको रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । कुवेतको जाब्रीयास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिएको उक्त रक्तदान कार्यक्रममा कुवेतस्थित बिभिन्न कम्पनीमा कार्यरत श्रमिक, ब्यवसायि, पत्रकार, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत नेपालीहरुले स्वस्फुर्त रक्तदान गरेका हुन् । ७५ जनाले रक्तदान गरिरहँदा रक्तदानका लागी तयार भएर कार्यक्रम स्थल आईपुगेका अझै केहि नेपालीहरु भने रक्तदानपूर्व गरिने स्वास्थ्य जाँचमा फिट नहुँदा उसै फर्किनु परेको थियो ।

पत्रकार महासंघ बैदेशिक शाखाको बिभिन्न सामाजिक र सचेतनामूलक कार्यक्रम अन्तर्गत दोस्रो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको र रक्तदानमा नेपालीहरुको उत्साहपूर्ण सहभागीता र सेवा भावले आफूहरुलाई आगामी दिनमा यस्तै प्रकृतिका सामाजिक काम गर्न हौसला मिलेको आयोजक संस्था पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राजमल्ल ठकुरीले बताए । ‘रक्तदान जस्तो बिशुद्ध मानवसेवामा नेपाली समुदायको उत्साहप्रद सहभागीता र उपस्थितिले हामीलाई आउँदा दिनमा यस्तो मानविय कार्यहरु गरिरहन अझ आत्मविश्वास बढेको छ ।’ अध्यक्ष ठकुरीले भने । यस रक्तदान कार्यक्रम सफल बनाउँन प्रोयोजन गर्ने, अल मुजैनी एक्सचेन्ज, रक्तदाताहरुलाई पेय तथा पोषिलो खाना उपलब्ध गराए सहयोग गर्ने एभरेष्ट नेपाली रेष्टुरेन्ट फर्वानिया, मिडियाकर्मी लगायत रक्तदान कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै संस्था तथा नेपाली समुदायलाई आयोजक पत्रकार महासंघ कुवेतले धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.