Skip to main content

Rd Creation

NRNA-NCC कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाईमा, पञ्जिकृत सदस्यता आवेदन खुल्ला

दिलकुमार पाख्रीन/ २० मे, कुवेत। गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA-NCC KUWAIT)को छैटौं राष्ट्रिय अधिवेशन आगामी जुलाइ २६ तारिक तोकिएको छ। १६ मे २०१९ मा बसेको NRNA-NCC KUWAIT को बैठकले संस्थाको विधान अनुसार आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय अधिवेशन २६ जुलाई २०१९ मा गर्ने निर्णय गरेको छ । अब बन्ने नयाँ कार्यकालका लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ता मिती १९ मे २०१९ देखि १९ जुलाई २०१९ सम्म अनलाईन मार्फत खुल्ला गरिएको छ ।

नयाँ सदस्यता लिनको लागि गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information Systems) मा नयाँ अनलाईन आवेदन दिन सकिनेछ । यसको लागी https://mero.nrna.org मा गई Membership Registration भित्र आवश्यक विवरण भर्नुपर्नेछ । यस बर्ष पनि पञ्जिकृत सदस्यता शुल्क केडि २.५०० फिल्स रहेको छ ।

अनलाइन सदस्यता फारामको लागी यी कागजातहरु आवस्यकता पर्नेछन।
१. फोटो (एनआरएनए आईडि कार्डमा प्रयोग हुनेछ)
२. सिभिल आईडी प्रतिलिपि
३. मोबाइल नम्बर र ईमेल
४. राहदानी प्रतिलिपि
NCC ले जारी गरेको सुचनामा अधिवेशन हुने स्थान र समय तय भइ नसकेको उल्लेख गर्दै चाँडै अर्को सुचनाद्वारा सुसुचित गराउने जानकारी गराएका छन। कुवेतको हकमा हिजो एन आर एन ए ले कुवेतमा कार्यरत श्रमजिवी नेपालीहरुका लागि कस्ता कस्ता कार्यहरु गरे वा के खाडिमा एन आर एन एले महत्त्व राख्दछ त? भन्ने जनमानसको जिज्ञासा एकातिर रहिरहेको बेला अझ पञ्जिकृत सदस्यताको लागि अनलाइन फारम भरेर सदस्यता बन्नु पर्ने प्रक्रियाले सदस्यतामा ह्रास आउने निश्चित देखिन्छ। एन सि सिले कुवेतमा कार्यरत नेपालिहरुका लागि भरपर्दो र विस्वासिलो रोलमोडल गर्न नसकिरहेको बेला त्यही संस्थाको सदस्यता शुल्क तिरी तिरी किन बन्ने? भन्ने सवाल हुँदा हुँदै अझ अनलाइन मार्फत फारम भर्न सबै नेपालिहरु संग आवस्यक डकुमेन्ट उपलब्ध हुन नसक्ने, उक्त बिसयमा जानकार नहुने वा अनलाइन मार्फत तोकिएको सदस्यता शुल्क तिर्ने सुविधा सबैमा नहुन सक्ने जस्ता समस्याले सबै नेपालिहरुलाइ समेट्न नसकिने प्रसस्तै आधारहरु भेटिन्छन। यद्यपि एन आर एन ए ले कुवेतका विभिन्न शहरमा पायक पर्नेगरी सबै नेपालिहरुलाइ परामर्शका लागि एन सि सिका पदाधिकारीलाई जिम्मेवारी दिइएका छन। जसमा सुमित्रादेवि पौडेललाइ – ५५०३३४४० (जेलीब, हसाविया), हरि लावतीलाइ– ९७२७८३७९ (फाहाहिल, माङगाफ), गणेश रावतलाई – ६५०८१५३२ (साल्मीया, हवाली), उमेश पुडासैनीलाइ – ५१६९०५१२ (फर्वानीया)हर्क मोक्तानलाइ – ६६१६२७४८ (कुवेत सिटी), शिव कोइरालालाइ – ५०४३५३२५ (खैतान, जाहारा), नैना कला राईलाइ – ५६६४२६१३ (फर्वानीया), आनन्द आश्चार्यलाइ – ५५२०६६४१ (फिन्टास)का लागि सम्पर्क गरि थप जानकारी तथा परामर्श लिन सकिने जानकारी गराएका छन।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.