Skip to main content

Rd Creation

सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा सिरहामा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सिरहा, साउन १२। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर स्थानीय युवक ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन चर्किएको छ।

घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै सिरहाको गोलबजार नगरपालिका–८, पुरानो चोक चोहर्वा क्षेत्रमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण केही समय राजमार्गको यातायात प्रभावित भएको थियो।

प्रदर्शनकारीहरूले सुनसरी घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन हुनुपर्ने, घटनामा जिम्मेवार सुरक्षाकर्मी तथा सम्बन्धित पक्षमाथि कानुनी कारबाही हुनुपर्ने माग राखेका छन्। उनीहरूले घटनाको राजनीतिक तथा प्रशासनिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत अघि सारेका छन्।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.