Skip to main content

Rd Creation

कुवेतमा हृदयघातको कारण एक नेपाली महिलाको निधन।

Tej Maya Paudel

आर डि क्रीएशन/ अक्टोबर २० कुवेत। घरेलु कामदारको रुपमा ६ बर्ष पहिले कुवेत आइपुगेकी खुदुनाबारी-४ झापाकी तेज माया पौडेलको ४३ बर्षको उमेरमा हृदयघातका कारण गत बिहिवार कुवेतको सभानासिर स्थित फर्वानिया हस्पिटलमा उपचारको क्रममा निधन भएको छ। ०६३६६९३१ नंबरको राहदानी वाहक तेजमाया बिहिवार आफुलाइ अस्वस्थ महसुस भए पछि फर्वानियास्थित मेट्रो क्लिनिकमा उपचार गराउन गएकी थिइन। मेट्रोले साधारण उपचार गराइ एम्बुलेन्स मार्फत फर्वानिया हस्पिटलमा रिफर गरेको थियो। फर्वानिया हस्पिटलमा उपचार गर्दा गर्दै करिव साँझ ७ बजेतिर डाक्टरले उनलाइ मृत घोषणा गरेका थिए।

यश बिसयमा नेपाली दूतावास संग कुरा गर्दा द्वितीय सचिव ज्ञानबहादुर मगरले मृतकका आफन्त सम्पर्कमा रहेको र भोलि वा पर्सि भित्रमा शव नेपाल पठाउन प्रक्रिया अगाडी बढिरहेको बताएका छन। उनले थप्दै भने “हस्पिटलको जानकारी अनुसार हृदयघातकै कारण निधन भएको हो।”

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.