Sunday, December 7, 2025
spot_img
Homeगृहपृष्ठ१९ तारिक राती १० बजे सम्म दस्तुर नबुझाए एन सिसिको फारम र...

१९ तारिक राती १० बजे सम्म दस्तुर नबुझाए एन सिसिको फारम र सदस्यता अस्वीकृत हुने


आर डि क्रीएशन/ १५ जुलाइ, कुवेत। एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ ।

निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथा निर्वाचन कार्यतालिका समेत यस अघि नै प्रकाशित गरी यहि जुलाई महिनाको १९ तारिक राती १० बजेसम्म अनलाइनबाट पञ्जिकृत फाराम भर्न पाउने समय सिमा तोकेको छ ।

यसै वर्षबाट गैर आवासीय नेपाली संघले पञ्जिकृत सदस्यता फाराम अनलाइनबाट भर्नु पर्ने गरी कार्यन्वयनमा ल्याएकोले पञ्जिकृत सदस्यता फाराम पनि धमाधम भर्ने काम भइरहेको छ । यस क्रममा फाराम भर्दा अनलाइनबाट भर्नुपर्ने र फाराम शुल्क नगद बुझाउनु पर्ने भएकोले अधिकांश पञ्जिकृत सदस्यता फाराम भरेका दाजुभाइ तथा दिदीबहिनीहरुको नगद सम्बन्धित ब्यक्तिलाइ प्राप्त नभएकोले फारामको अन्तिम स्वीकृति हुन पाएको छैन ।

तसर्थ अनलाइनबाट पञ्जिकृत फाराम भर्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले जो जस मार्फत फाराम भर्नु भएको छ सोही ब्यक्ति मार्फत यहि जुलाई १९ तारिक राती १० बजे भित्र नगद बुझाउनु हुन अनुरोध गर्दै म्याद गुज्रेपछि पञ्जिकृत फाराम अस्वीकृत हुने ब्यहोरा यसै सूचना मार्फत सूचित गरिन्छ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments