Skip to main content

Rd Creation

राजदूत दम्पतिको विदाई गर्दै ट्याक्सी ब्यवसायी संघले मनायो दोस्रो वार्षिकोत्सव

कोशराज राई/ १९ जनवरी, कुवेत। “नेपालीहरुको सेवामा समर्पित” भन्ने नराका साथ प्रवाशी नेपाली ट्याक्सी ब्यवसायी संघ कुवेतले कुवेतका लागि महामहिम नेपाली राजदूत यज्ञबहादुर हमाल र वहाँकी धर्मपत्नी रिता हमाललाई विदाई गर्दै आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ। महामहिम राजदूत हमाल आगामी महिना आफ्नो कार्यकाल सम्पन्न गरि स्वदेश फर्किने भएका कारण संघले राजदूत दम्पतीलाई विदाई गरेको हो। वहाँहरुलाई दोसल्ला, खादा र सम्मान पत्र प्रदान गरि विदाई गरिएको थियो।

राजदूत हमालले आफू र आफ्नो धर्मपत्नीलाई सम्मन गरेकोमा धन्यवाद ब्यक्त गर्नुहुदै ट्याक्सी ब्यवसायी संघले कतिपय अप्ठ्यारोमा परेका दाजुभाइ, दिदीबहिनीहरुलाई राजदूतावास सम्म पुर्याएको, बाटो बिराएकाहरुलाई सहीबाटोमा ल्याउने, समस्यामा परेकाहरुलाई समस्या समाधान गरिदिने, अप्ठ्यारोमा परेका र उद्दारै गर्न परेकाहरुलाई पनि संघले उद्दार गरेको देखिएको र यो महत्त्वपूर्ण काम भएको वहाँले बताउनु भयो।

वहाँले विदेशी भूमिमा आफ्ना नागरिकहरुलाई यसरी गरिएको सेवाको प्रशङ्सा गर्नुहुँदै, काम गर्दा कहिलेकाहिँ गल्ती पनि हुन सक्ने र काम गर्दा सम्बन्धित मुलुकको कानूनको ख्याल राख्नु पर्ने र कानून सम्मत ढङ्गले काम सम्पन्न भईरेहेको छ कि छैन? कहीं कतै कानूनको उल्लंघन त भईरहेको त छैन? भन्ने कुरामा संघमा आवद्ध सदस्यहरुले पक्कै पनि बिचार पुर्याएको होला भन्ने कुरामा आफू बिश्वस्त रहेको र संघले सेवाको साथै समाजसेवामा अग्रसरता रहेकोमा खुशी ब्यक्त गर्दै यस्तो पुन्य कार्यहरुमा अगाडी बढ्ने थप उत्प्रेरणा मिलोस भनी शुभकामना ब्यक्त गर्नुभयो।

स्थानीय कलाकारहरुको गीत तथा नृत्यहरुको प्रस्तुती रहेको संघको दोस्रो वार्षिकोत्सव फर्वानिया स्थित युनिक अडिटोरिएम हलमा सम्पन्न भएको थियो।

संघका अध्यक्ष सुनबहादुर तामाङको सभतित्वमा सम्पन्न कार्यक्रमको सन्चलन सुरेश ग्याबा तामाङ, रेशम लामा र भुमिराज राईले संयुक्त रुपमा सन्चालन र कार्यक्रम संयोजक सुजन घिसिङले स्वागत मन्तव्य आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल र समाजसेवी सुरज मास्के लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

कार्यक्रममा संघमा अतुलनीय योगदान गरेको भन्दै संघका सदस्यहरु राजु केसी र फदेन्द्र चौधरी लगाएत कलाकारहरु र कुवेतबाट संचालित अनलाइन मिडियाहरुलाई पनि संघले सम्मान पत्र प्रदान गरेको थियो।

संघले सेवा र आपसी सहयोगको साथै अप्ठ्यारोमा परेका दाजुभाइ, दिदीबहिनीहरुलाई राजदूतावास सम्म पुर्‍याउने, बाटो बिराएकाहरुलाई सहीबाटोमा ल्याउने, समस्यामा परेकाहरुलाई समस्या समाधान गरिदिने, अप्ठ्यारोमा परेका र उद्दारै गर्न परेका नेपाली नागरिकहरुलाई पनि उद्दार गरिरहेको छ।

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.